0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।
विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भइरहेका बेला कांग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जो कोही भए पनि कारवाही गर्न माग गरेको हो ।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा आज बसेको बैठकले यस्तो माग गरेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
साथै शिक्षकहरुले उठाएका जायज माग तुरुन्तै पूरा गरी पठनपाठनको आवश्यक प्रवन्ध मिलाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
बैंठकले विद्यानमा भएको व्यवस्था अनुसार पार्टीको तल्लो तहका सम्मेलनपछि मात्रै माथिल्लो तहको सम्मेलन गर्ने र क्रियाशील सदस्यता नवीकरण अभियान प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको प्रवक्ता सिग्देलले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.