जेठ ११, २०८२, शनिबार

आगलागीमा परेर चार वर्षीय बालकको घटनास्थलमै मृत्यु


Advertisement Image
clock icon 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धुर्कोट-१ आखररुखका चार वर्षीय विवेक नेपाली छन् । गोठमा आगलागी हुँदा विवेकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालबालिका खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

“आगलागीपछि मृतककी दिदी गुहार माग्ने क्रममा भाइ गोठमा लुकेर बसेका रहेछन्, बालक गोठभित्र रहेको जानकारी नपाउँदा निजको मृत्यु भयो”, धुर्कोट-१ का वडाध्यक्ष चेतमान कुँवरले भने ।

आगलागीबाट ढुङ्गा, माटोले बनेको दुईतले गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।  

Copyright © 2024 | All rights reserved.