बैशाख २०, २०८२, शनिबार

कस्ले जित्ला नेपाल सुपर लिग ?


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज पोखरा थन्डर्स र साविक विजेता ललितपुर सिटी भिड्दैछन् ।

उपाधि भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ । फाइनल खेल त्रिपुरेश्सवरस्थित दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।

ललितपुरले लिग चरणमा सबै छ खेलमा अपराजित रहँदै क्वालिफायर वानमा स्थान बनाएको हो भने पोखराले भने सुरुवाती दुई खेलमा पराजित हुँदै लिग सुरुवात गरेको थियो ।

तर लिगमा त्यसपछिका चार र प्लेअफमा दुई गरी पोखरा पनि पछिल्ला छ खेलमा अपराजित रहँदै फाइनलको यात्रा तय गरेको हो । 

ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २-१ र पोखराले दोस्रो क्वालिफायरमा धनगढीलाई नै १-० ले हराएको थियो ।

Copyright © 2024 | All rights reserved.