जेठ ११, २०८२, शनिबार

नेपाल सुपर लिगकाे उपाधि ललितपुरलाई, पोखरा स्तव्ध


Advertisement Image
clock icon 3 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार बेलुकी सम्पन्न फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुरले लगातार दोस्रो पटक उपाधि जितेको हो । 

दशरथ रंगशालामा भएको पटक पटक हात हालाहालको स्थितिमा पुगेको फाइनलमा ललितपुर २-१ ले विजयी भएको हो । ललितपुरको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । ललितपुर गत संस्करणको पनि विजेता हो ।

गत संस्करणमा लतितपुरले धनगढी एफसीलाई ३-२ ले पराजित गरेको थियो । धनगढी भने लगातार दोस्रो फाइनल फाइनल पुगे पनि उपाधि विहीन भएको थियो । 

 

 

यसपालि दोस्रो क्वालिफायरबाट बाहिरियो। धनगढीलाई पहिलो क्वालिफायरमा ललितपुरले र दोस्रो क्वालिफायरमा पोखराले हराएको थियो । ललितपुर पहिलो पटक अपराजित रहँदै उपाधि जित्न सफल भयो । 

ललितपुरका लागि इजिकेल र पापा इबु केबले गोल गरे । इजिकेलले एक गोल असिस्ट गरेका थिए । ललितपुरलाई गत संस्करणको उपाधि दिलाउँदा पनि उनले दुई गोल गरेका थिए ।

पोखराका सुदील राईले सान्त्वना गोल गरे । इजिकेलले ४२औँ, सुदीलले ६४औं मिनेटमा र पापाले ७४औँ मिनेटमा गोल गरेका थिए । 

खेलको दोस्रो हाफमा दुवै टोलीबीच हात हालाहाल र धकेलाधकेल भएको थियो । उपाधिसँगै ललितपुरले ८० लाख तथा उपविजेता पोखराले ३० लाख जितेको छ । 

Copyright © 2024 | All rights reserved.