बैशाख १७, २०८२, बुधबार

बुमर्याङ रेष्टुरेष्टलगायत विभिन्न संस्थाले पोखरा स्पोर्टस् अवार्डलाई सघाउने


Advertisement Image
clock icon 3 hours, 51 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न संघ-संस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा पोखरा ६ लेकसाइडको बुमर्याङ रेष्टुरेष्टले सहयोगको घोषणा गरेको हो ।

मंगलबार रेष्टुरेष्टका सञ्चालक गणेशबहादुर भट्टराई र मञ्चका अध्यक्ष एमबि आस्था मगरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्यस्तै मंगलबार नै अवार्डलाई सफल बनाउन अफिसियल पानीको प्रायोजन सोल्टी पानी र अफिसियल एयरलायन्सको रुपमा यति एयरलायन्स रहने मञ्चले जनाएको छ ।

सोल्टी पानीको तर्फबाट निर्देशक प्रेम क्षेत्री र यति एयरलायन्सका तर्फबाट एयरलायन्सका पोखरा शाखा प्रमुख राम लामिछानेसँग मञ्चका अध्यक्ष मगरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ ।

त्यस्तै उदीयमान खेलाडी विधाको पुरस्कार प्रायोजन सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था विधाको पुरस्कार प्रायोजन निट डेन्टल केयर र लाइफटाइम अचिभमेन्ट अवार्डको प्रयोजन सिटिजन फर्निचरले गर्ने सम्झौता भइसकेको छ ।

त्यसैगरि जिल्ला एथ्लेटिक्स सङ्घ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान, पोखरा पिज्जा हाउसलगायतका संस्थाले समेत सहयोगको घोषणा गरिसकेका छन् ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ ।

अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिँदै आएको मञ्चले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.