0
प्रतिक्रिया
पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा यही बैशाख २१ गतेदेखि यु-१६ विद्यालयस्तरीय पुरुष क्रिकेट प्रतियोगिता हुँदैछ ।
यसका लागि कास्की जिल्ला क्रिकेट संघले विद्यालयलाई प्रतियोगिताको सहभागिता जनाउन आवश्यक तयारीमा जुट्नसमेत आग्रह गरेको छ ।
विद्यालय स्तरीय टी-२० क्रिकेट प्रतियोगिताका लागि आगामी शुक्रबारसम्म टिम दर्ता गरिसक्नुपर्ने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।
चार विद्यालय भन्दा कम सहभागिता जनाएको अवस्थामा संघले प्रतियोगिता सञ्चालन नगर्ने समेत उल्लेख गरेको छ । बढी विद्यालयले सहभागिता जनाएको अवस्थामा पोखरा रंगशाला क्रिकेट मैदान र अर्को क्रिकेट मैदानमा खेलाउने समेत जनाएको छ ।
संघले यु-१६ विद्यालय स्तरीय टी-२० क्रिकेट प्रतियोगिताबाट जिल्लास्तरीय टोली बनाईने छ ।
सन २०२५ मा एशियन क्रिकेट काउन्सिलको आयोजनामा हुने एसिसी मेन्स यु १६ इष्टजोन कप २०२५ को सहभागिता जनाउने छ ।
इष्टजोन कपको लागि नेपाली राष्ट्रिय छनोट गरिने छ । छनोटको पूर्वसन्ध्यामा जिल्लाको टोली तयार हुने संघले जनाएको छ ।
प्रतियोगिताबाट छनोट गरिएको जिल्ला टोलीले जेठको दोस्रो सातादेखि प्रदेशस्तरीय टोली निर्माण गर्न जिल्लाको प्रतिनिधित्व गर्ने छ ।
प्रतियोगितामा निजी तथा आवासीय एवं सामुदायिक विद्यालयले सहभागिता जनाउन पाउने छ ।
प्रतियोगितामा १२ वर्ष नपुगेको खेलाडीले सहभागिता जनाउने पाउने छैनन् । उमेर प्रमाणित हुने आवश्यक कागजपत्र पेश गर्नुपर्ने संघले उल्लेख गरेको छ ।
प्रतियोगितामा विजेता तथा उपविजेत टोलीले ट्रफी पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Copyright © 2024 | All rights reserved.