बैशाख १९, २०८२, शुक्रबार

लक्ष्मी आदर्श माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी


Advertisement Image
clock icon 12 hours, 54 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ स्थित लक्ष्मी आदर्श माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूर्व शिक्षक चतुराखर अधिकारी चयन भएका छन् । 

अधिकारीलाई शिक्षा नियमावली अनुसार सर्वसम्मत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन गरिएको प्रधानाध्यापक शिवमणि भण्डारीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको बैठकले अधिकारीलाई अध्यक्ष पदमा चयन गरेको हो । बैठकमा वडाध्यक्ष पूर्णकुमार गुरुङसमेत सहभागी थिए ।

अधिकारी लेखनाथ उद्योग वाणिज्य संघ र कामना सेवा विकास बैंकका पूर्वअध्यक्ष हुन् भने संघसंस्था सक्रिय छन् ।

विद्यालय व्यवस्थापन समिति सदस्यमा शान्ति देवी सुवेदी, धनश्याम बराल, पुष्पराज भट्टराई, वडाध्यक्ष पूर्णकुमार गुरुङ, हरिप्रसाद सापकोटा (शिक्षक प्रतिनिधि), हेमराज आचार्य, लक्ष्मण बास्तोला र सदस्य सचिवमा प्रधानाध्यापक भण्डारी छन् ।

Copyright © 2024 | All rights reserved.