जेठ १०, २०८२, शुक्रबार

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीमा श्रेष्ठ


Advertisement Image
clock icon 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेश अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन् । एशोसिएसनको चौथो साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

एशोसिएसनको उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम, सहसचिवमा डा. अशेषराज विक र कोषाध्यक्षमा डा. सन्तोष बास्तोला छन् ।

यसैगरी कार्यसमिति सदस्यमा डा. प्रियंका भण्डारी, डा. समीक्षा फुँयाल, डा. आशिष बसौला, डा. विश्व गैरे, डा. सुवास बेलवासे र डा. सुजन थापा मगर छन् ।

यसअघि अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले भेटेरिनरी डक्टरले पशुपालक कृषकलाई सघाउने गरी काम गर्नुपर्ने बताए ।

एशोसिएसनमा आवद्ध डक्टरले पशुपालक कृषक र कृषिमा लागेकालाई सघाउ पुग्ने गरी काम गरेको खण्डमा कृषकले त्यसबाट प्रत्यक्ष लाभ लिन सक्ने र राष्ट्रलाई नै फाइदा पुग्ने बताए ।

कृषि क्षेत्रमा सरकारले लगानी गरेको भएता पनि त्यसबाट फाइदा हुन नसकेको भन्दै उनले तीन तहमा कार्यरत भेटेरिनरी डक्टरले एकजुट भएर सरकारको लगानीलाई प्रतिफल दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

एशोसिएसनका केन्द्रीय अध्यक्ष रामकृष्ण खतिवडाले भेटेरिनरी डक्टर एकजुट भएर आफ्नो अधिकारका लागि जुट्नुपर्ने बेला आएको बताए ।

खतिवडाले अहिले पनि भेटेरिनरी डक्टरलाई सरकारले अन्य निजामति कर्मचारी सरह सेवा सुविध प्रदान गर्न नचाहेको भन्दैै त्यसका लागि अन्य चिकित्सकले जस्तै आन्दोलन गर्ने बेला आएको बताए ।

संस्थाका अध्यक्ष डा. राजेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सूचना तथा प्रशारण केन्द्र हरिहर भवन ललितपुरका प्रमुख डा. रामनन्दन तिवारी, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख एवं नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. जगदीश पाण्डेय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाई भट्टराई, नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज कुमार शाह, नेपाल भेटेरिनरी एशोसिएसनका निवर्तमान केन्द्रीय अध्यक्ष डा. शितलकाजी श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन डा. अविनाश भट्टराइले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.