बैशाख २३, २०८२, मंगलबार

गण्डकी विश्वविद्यालयका कुलपति तिवारीलाई त्रिवेणी कलेजद्वारा बधाई


Advertisement Image
clock icon 5 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा हालै नियुक्त भएका प्रा.डा. इन्द्रप्रसाद तिवारीलाई पोखराको त्रिवेणी इन्टरनेशनल कलेज स्वागत तथा बधाई ज्ञापन गरेको छ । 

कार्यक्रममा कुलपति तिवारीले विद्यार्थीलाई एकेडेमिक कोर्षको समयावधिभर टिकाउन कलेज तथा विश्वविद्यालयलाई चुनौती रहेको बताए । 

पछिल्लो समय विद्यार्थीको भर्ना र कोर्ष समाप्तिसम्म संख्यामा उल्लेख गिरावट आउने गरेको उल्लेख गर्दै उनले भर्नाकै संख्या कायम राख्नतर्फ कलेजलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

कुलपति तिवारीले गण्डकी विश्वविद्यालयलाई प्रविधिमा आधारित शिक्षाको हवका रुपमा विकास गर्ने गरी कार्य प्रारंभ भएको उल्लेख गर्दै थप नयाँ कार्यक्रम ल्याउन छलफल गरिएको बताए । 

यसअघि कलेजका प्राज्ञिक सल्लाहकार समेत रहेका कुलपति तिवारीले अनुसन्धानको क्षेत्रमा त्रिवेणी इन्टरनेशनल कलेजलाई सहयोग गर्ने प्रतिवद्धता जनाए। 

कलेजका सल्लाहकार बाबुराम गिरीले कुलपति तिवारीले विश्वका विभिन्न विश्वविद्यालयमा अध्यापन गराएको अनुभवले गण्डकी विश्वविद्यालय उत्कृष्ट हुनेमा जोड दिए । 

कलेज अध्यक्ष सुमन भट्टराईले कुलपति तिवारीलाई त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरेको कलेज भए पनि शैक्षिक सुधार र अनुसन्धानको क्षेत्रमा सहकार्य गरेर अघि बढ्न सकिने बताए । 

उनले तिवारी कुलपतिमा नियुक्त हुँदा कलेजले एकेडेमिक कोर्षमा थप सल्लाह र सुझाव प्राप्त गर्ने विश्वास व्यक्त गरे । 

संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समिति अध्यक्ष ऋषिराम जमरकट्टेलले गण्डकी विश्वविद्यालयमा उपयुक्त व्यक्तिको नियुक्ति भएको उल्लेख गर्दै विद्यार्थी टिक्ने खालका कार्यक्रम ल्याउन सुझाव दिए । 

कलेज अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्राचार्य यदुनाथ आचार्य, सहायक क्याम्पस प्रमख डिल्लीराम पौडेललगायतले शैक्षिक उन्नयनका लागि सहकार्य गरेर जानुपर्नेमा जोड दिएका थिए । 

Copyright © 2024 | All rights reserved.