0
प्रतिक्रिया
पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा हरिप्रसाद पाठकले पदबाट राजीनामा दिएका छन् ।
पाठक गत माघ २ गते क्याम्पस प्रमुखमा नियुक्त भएका थिए ।
पाठकले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमक्ष इमेलमार्फत राजीनामा दिएका हुन् ।
पाठकले आफूले इमेलमार्फत् भीसी कार्यालयमा राजीनामा पठाएको तर मिति भने यकिन नभएको बताए ।
आफ्नो नितान्त निजी र घरायसी कारणले राजीनामा दिएको उनले स्पष्ट पारे ।
Copyright © 2024 | All rights reserved.