जेठ २०, २०८२, सोमबार

घट्यो सुनको मूल्य


Advertisement Image
clock icon 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । गत शुक्रबारको तुलनामा आज तोलामा तीन सय रुपैयाँले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य  एक लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी एक तोला चाँदी एक हजार नौ सय ७० रुपैयाँमा बेचबिखन भइरहेको छ । 

शुक्रबार प्रतितोला सुन एक लाख ९० हजार आठ सय र त्यति नै परिमाणको चाँदी एक हजार नौ सय ६० रुपैयाँमा खरिद बिक्री भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Copyright © 2024 | All rights reserved.