बैशाख २९, २०८२, सोमबार

आज घट्यो सुन-चाँदीको भाउ


Advertisement Image
clock icon 6 hours, 3 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला तीन हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै असली चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर सोमबार प्रतितोला एक हजार नौ सय सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ७० रुपैयाँ रहेको थियो ।

Copyright © 2024 | All rights reserved.