0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गणेशटोलस्थित फेवा शिक्षा सदन माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विद्यार्थी प्रतिनिधि चयन गरेको छ ।
विद्यार्थीलाई निर्वाचन प्रणालीबारे जानकारी दिने र विद्यार्थी प्रतिनिधि चयन गर्न विद्यालयमा निर्वाचनको आयोजना गरिएको प्राचार्य अचुत पाण्डेले जानकारी दिए । निर्वाचन प्रक्रियामार्फत स्कुल प्रिफेक्ट, भाइस प्रिफेक्ट, हाउस क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गरिएको थियो ।
स्कुल प्रिफेक्टमा प्रमेश दवाडी, कुशल प्रजा, विनय भूलेजको उम्मेद्वारी परेकोमा विनय भुजेल निर्वाचित भए ।
यसैगरी स्कुल भाइस क्याप्टेनमा सिमरन कुमारी दास र कृति भट्टराईको उम्मेद्वारी परेकोमा कृति भट्टराई निर्वाचित भइन् ।
हाउस क्याप्टेनमा युकेश भण्डारी, सफल श्रेष्ठ, अङ्कीत विक, आर्यन गुरुङ, विजय कुमाल, सोफिया नेपाली, रिजन श्रेष्ठ, सकेश बुढाबीच प्रतिस्पर्धा भएको थियो । जसमा सोफिया नेपाली, रिजन श्रेष्ठ, सफल श्रेष्ठ र युकेश भण्डारी निर्वाचित भए ।
हाउस भाइस क्याप्टेनका लागि एल्जिना राई, नन्दनी शाह, आरुशी गिरी, शिव भूषाल, दिवस न्यौपाने, अरसद करिम अन्सारी र प्रतिक श्रेष्ठको उम्मेद्वारी परेकोमा शिव, दिवस, अरसद र प्रतिक श्रेष्ठ निर्वाचित भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्तोष रानाभाटले जानकारी दिए ।
मतदानमा विद्यालयको कक्षा ४ देखि १० सम्मका चार सय विद्यार्थीले मतदान गरेका थिए । मतदान प्रक्रियाका लागि जिल्ला निर्वाचन आयोगले निर्वाचन सामग्रीको सहयोग गरेको थियो ।
विद्यालयका सहप्राचार्य प्रमोद पाण्डेले निर्वाचन प्रक्रियाका बारे विद्यार्थीलाई जानकारी गराएका थिए । निर्वाचन सम्पन्न गर्न विद्यालयका शिक्षकहरुले सहजीकरण गरेका थिए ।
Copyright © 2024 | All rights reserved.