असार २५, २०८२, बुधबार

पेट्रोल र डिजेलको मूल्य घट्यो


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

जसअनुसार पेट्रोलमा एक र डिजेल-मट्टितेलमा तीन रुपैयाँले मूल्य घटाइएको छ ।

पेट्रोलको मूल्य अब काठमाडौं, दिपायल र पोखरामा एक सय ५४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा एक सय ५६ रुपैयाँ कायम भएको छ ।

यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा एक सय ५७ रुपैयाँ मूल्य कायम भएको छ ।

यस्तै, डिजेलको मूल्य काठमाडौं, दिपायल र पोखरामा एक सय ३९ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा एक सय ४१ रुपैयाँ कायम भएको छ ।

यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा एक सय ४२ रुपैयाँ मूल्य कायम भएको निगमले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.