जेठ ११, २०८२, शनिबार

युवा नेता आचार्य कांग्रेसको राज्य प्रशासन विभागमा मनोनित


Advertisement Image
clock icon 5 days, 23 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेसको राज्य प्रशासन विभागको सदस्यमा कास्कीका युवा नेता विजयराज आचार्य मनोनित भएका छन् ।

उक्त विभागको प्रमुखमा केन्द्रीय सदस्यसमेत रहेका तनहुँका गोविन्द भट्टराई छन् ।

पार्टीको महाधिवेशन प्रतिनिधि आचार्यले कास्की-२ का पूर्व क्षेत्रीय सभापतिसमेत हुन् । विभिन्न तह र तप्कामा रहेर काम गरिसकेका उनी रोटरीलगायत विभिन्न संघ-संस्थामा आबद्ध छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले आचार्यसहित १० जनालाई सदस्यमा मनोनित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सभापति देउवाले भक्तपुरका डिल्लीप्रसाद शिवाकोटी, सुनसरीका गोपालप्रसाद पोखरेल, सप्तरीका अर्जुन साह, गुल्मीका थमनबहादुर खत्री, डोटीका रामबहादुर रोकाहा, मुगुका मक्करबहादुर रावल, चितवनका गीता देवकोटा, बाँकेका द्रोपदी वली र झापाका तीर्थराज खनाललाई विभागको सदस्यमा मनोनित गरेका छन् ।

Copyright © 2024 | All rights reserved.