0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ बगालेटोलस्थत नवसिद्वार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।
महिला सशक्तीकरण, जागरण र समाजको आर्थिक तथा सामाजिक विकासमा अग्रणी भूमिका खेल्दै आएको संस्थाले २३औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम उद्घाटन गर्दै जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष दिपकराज बास्तोलाले नवसिद्वार्थ निकै उत्कृष्ट सहकारी रहेको बताए ।
उनले नवसिद्वार्थ सहकारीका पूर्वअध्यक्षले जिल्ला सहकारी संघको पनि नेतृत्व गरिसकेको हुँदा यो सहकारी कस्तो छ भन्ने कुरा छर्लङ्ग हुने स्पष्ट पारे ।
सहकारीका अध्यक्ष भवानी माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत र सञ्चालन सचिव कुश्मा राणाले गरेकी थिइन् ।
कार्यक्रम संचालक सदस्य तथा शिक्षा समिति संयोजक मीरा पराजुलीको संयोजकत्वमा भएको हो ।
कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।
Copyright © 2024 | All rights reserved.