जेठ १०, २०८२, शुक्रबार

बसको ठक्करबाट छोरीको मृत्यु, आमा गम्भीर


Advertisement Image
clock icon 2 days, 3 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका-४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुधबार दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । 

उनका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीयाा विनिता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् । 

विनिताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका-४ का कार्यवाहक वडाध्यक्ष निशा रोकाले बताइन् ।

Copyright © 2024 | All rights reserved.