जेठ ११, २०८२, शनिबार

हेमजामा वडा स्तरीय फुटबल आजदेखि


Advertisement Image
clock icon 4 hours, 27 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २५ हेमजास्थित हेमजा युनाइटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा आजदेखि अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता शुरु हुँदैछ । यही जेठ १७ गतेसम्म हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आजको पहिलो खेल आयोजक हेमजा युनाइटेड निलो र वडा नं २९ बीच बिहान १० बजे हुने क्लब उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए । आजै हुने दोस्रो खेल वडा नं १५ र १६ बीच हुनेछ ।

प्रतियोगितामा पोखरा २५ को दुईसहित १३ समूहले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम छ ।

प्रतियोगिता विजेताले एक लाख ११ हजार एक सय ११ र उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा दुई हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्रदान गरिने छ ।

सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार, क्वाटरफाइनल देखिका खेलमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने खेल समन्वय संयोजक सौरभ कार्कीले जानकारी दिए ।

गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भूमिका छ । खेल पोखरा-२५ हेमजा गौरीशङ्कर खेल मैदान (गैरी) मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.