0
प्रतिक्रिया
पोखरा । पोखराकी शान्ती श्रेष्ठ उदासले अन्तर्राष्ट्रिय अर्वाड पाउन सफल भएकी छिन् ।
सिंगापुरमा आयोजित अमेरिकाको प्रतिष्ठित दि इन्टरनेशनल अवार्ड फोरमले उदासलाई ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड प्रदान गरेको हो ।
फोरमले विश्वका बिभिन्न देशका उद्यमी एवम समाजसेवीहरुलाई उनीहरुको कामको प्रभावकारिताको आधारमा पुरस्कृत गर्ने गरेको छ ।
उदाससंगै अन्य देशका व्यक्तिहरुमा सम्मानित भएका छन् ।
उदास पोखराको नदिपुरमा महिला तथा युवाहरुको सीप र व्यावसायिक दक्षता अभिबृद्धिका लागि स्थापना गरिएको सारथी केन्द्र तथा विभिन्न सीपमूलक तालिमपश्चात् उत्पादित स्थानीय उत्पादनको बजारीकरणका लागि खोलिएको सृष्टि क्रियशनको अध्यक्षका रुपमा कार्यरत छन् ।
नेवा मिसा पुचका संस्थापक अध्यक्ष, राष्ट्रिय आदिवनसी जनजाति महिला महासंघ कास्कीको सचिव, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत महिला उद्यमी विकास समितिको केन्द्रीय कार्यसमितिमा रहेर काम गरी सामाजिक योगदान दिएका छन् ।
उनी कास्की मोडल हस्पिटलका निर्देशक, कास्की फाइनान्सका पूर्व डाइरेक्टर, आल्मोण्डस क्याफेका संचालक हुन् ।
Copyright © 2024 | All rights reserved.