जेठ २२, २०८२, बुधबार

आज पनि घट्यो सुनको भाउ


Advertisement Image
clock icon 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडाैँ । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । आज मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको भाउ प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँ रहेको थियो ।

यसैगरी आज चाँदीको भाउ समेत तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ सोमबार प्रतितोला दुई हजार पाँच रुपैयाँ रहेको थियो ।

Copyright © 2024 | All rights reserved.