0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ ।
आज बिहीबार सुनको भाउ तोलामा एक हजार पाँच सय र चाँदी तोलामा १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ मंगलबारको तुलनामा बुधबार पनि तोलामा एक हजार छ सय रुपैयाँ घटेको थियो ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ८७ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
सुनको भाउ बुधबार प्रतितोला एक लाख ८९ हजार तीन सय रुपैयाँ रहेको थियो ।
यस्तै, आज असली चाँदी प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी बुधबार प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © 2024 | All rights reserved.