जेठ १८, २०८२, शनिबार

टाइगर कपबाट २१ लाख रुपैयाँ बचत


Advertisement Image
clock icon 1 day, 12 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पाेखरामा केही अघि भएकाे पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट २१ लाख रुपैयाँ बचत गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले पत्रकार सम्मेलन गरी २१ लाख एक हजार छ रुपैयाँ बचत भएको जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा एक करोड ७१ लाख ८९ हजार आम्दानी भएकामो एक करोड ५० लाख ८८ हजार खर्च भएको सुनाए ।

आयोजकले आम्दानीतर्फ टिकटबाट मात्र ५७ लाख ३९ हजार चार सय ४६ रुपैयाँ आम्दानी गरेको छ । मुख्य प्रायोजक एनसेलले १७ लाख, सहप्रायोजक सुश्री मिडिया प्रालिले १६ लाख, प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगरपालिकाले समान १० लाख दिएका छन् ।

पुरस्कार तथा प्रोत्साहनमा मात्रै २२ लाख ३९ हजार खर्च भएको छ । सहभागी टिम तथा यातायातमा नेपाली टिमतर्फ २४ लाख १० हजार र विदेशी टिमतर्फ ३५ लाख १७ हजार खर्च गरको छ ।

संस्थाका अध्यक्ष शर्माले बचत बचत सामाजिक सेवामा समर्पित तथा स्वास्थ्य, शिक्षा एवं खेलकुद अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । यसपालि संस्थाले प्रदेश खेलकुद परिषद् गण्डकीलाई खेलाडी कल्याणकारी कोषका लागि १ लाख ५० हजार प्रदान गरेको उनले जानकारी दिए ।

प्रतियोगिता पोखरा रंगशाला स्थित भलिबल कोर्टमा गत माघ ८ देखि २० सम्म चलेको थियो । उक्त प्रतियोगितामा भारत र थाइल्यान्डको टिमसहित पुरुषतर्फ ६ र महिलातर्फ ६ टिमले भाग लिएका थिए ।

नेपाल भलिबल संघको संयोजनमा भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले उपाधि जितेको थियो ।

Copyright © 2024 | All rights reserved.