जेठ २२, २०८२, बुधबार

मुम्बई इन्डियन्सलाई हराउँदै पञ्जाब किंग्स आईपीएलकाे फाइनलमा


Advertisement Image
clock icon 1 day, 19 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । क्वालिफायर-२ मा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनलमा पुगेको छ।

पञ्जाब ११ वर्षपछि आईपीएल फाइनलमा पुगेको हो। यसअघि पञ्जाबले २०१४ को सिजनमा फाइनल खेलेको थियो।

अब भोलि मंगलबार पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बीच आईपीएल २०२५ को फाइनल खेलिनेछ।

आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको यस महत्वपूर्ण खेलमा मुम्बईले दिएको २०४ रनको विशाल लक्ष्य पञ्जाबले १९ ओभरमै पूरा गर्‍यो।

पञ्जाबको जितमा कप्तान श्रेयस अय्यरले उत्कृष्ट प्रदर्शन गरे। उनले मात्र ४१ बलमा अविजित ८७ रनको प्रभावशाली पारी खेल्दै छक्का प्रहार गरी टोलीलाई जित दिलाए। 

उनको पारीमा ५ चौका र ८ छक्का समावेश थिए। यस सानदार प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।

श्रेयसबाहेक, पञ्जाबका लागि नेहल वढेराले ४८ रन र जोश इंग्लिसले ३८ रनको महत्त्वपूर्ण योगदान दिए। बलिङतर्फ, मुम्बईका लागि अश्विनी कुमारले २ विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले तिलक वर्मा र सूर्यकुमार यादवको समान ४४-४४ रनको योगदानका बाबजुद २०३ रन बनाएको थियो। 

जोनी बेयरस्टोले पनि ३८ रन जोडेका थिए। पञ्जाब किंग्सका लागि अजमतुल्लाह ओमरजईले २ विकेट हात पारेका थिए।

Copyright © 2024 | All rights reserved.