जेठ २२, २०८२, बुधबार

तनहुँ समाज जापानको अध्यक्षमा पन्त


Advertisement Image
clock icon 1 day, 21 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

जापान । तनहुँ समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ। सन् २०१८ मा स्थापना भएको समाजले आफ्नो नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ।

अध्यक्ष विजय थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनले डा. भोजराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

संस्थाकाे वरिष्ठ उपाध्यक्षमा दिपक घिमिरे, उपाध्यक्षमा माधव सिग्देल, पुष्प बानिँया, र शंकर सिग्देल चयन भएका छन्। महिला उपाध्यक्षमा धार्मिका घिमिरे छन् ।

त्यसैगरी, सचिवमा डा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा सुरेन्द्र सुवेदी, सह-सचिवमा बासुदेव पन्त, सह-कोषाध्यक्षमा शान्ती अधिकारी चयन भएका छन्।

सदस्यहरूमा अम्बिका पौडेल, राजु महत, दिल दराइ, सुवास थापा, लक्ष्मण बानिँया, प्रज्वल तिमल्सिना, शन्त गुरुङ र माया भुजेल रहेका छन्।

समाजका संरक्षकमा राजेन्द्र जमरकट्टेल र विजय थापा रहेका छन् भने सल्लाहकारमा तारा थापा, पुरुषाेत्तम सिग्देल, सुमन भट्टराई र मीन गुरुङ छन्।

नव निर्वाचित कार्यसमितिको पहिलो बैठक पनि सोही दिन सम्पन्न भएको थियो। बैठकले निवर्तमान कार्यसमिताप्रति आभार व्यक्त गर्दै आगामी जुलाई १३ तारिखमा भानु जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको छ।

समाजले जापानमा रहेका तनहुँबासी नेपालीहरूबीच एकता, आपसी सहयोग र संस्कृतिको संरक्षणमा निरन्तर क्रियाशील भूमिका खेल्दै आएको छ।

Copyright © 2024 | All rights reserved.