जेठ २३, २०८२, बिहीबार

आज बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 2 days, 6 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुन र चाँदीको भाउ ह्वात्तै बढेको छ ।

सुनको भाउ आज सोमबार एकै दिन तोलामा दुई हजार नौ सय रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आइतबार प्रतितोला एक लाख ८९ हजार आठ सय रुपैयाँ रहेको थियो ।

आज असली चाँदी पनि तोलामा ५५ रुपैयाँ वृद्धि भई प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2024 | All rights reserved.