0
प्रतिक्रिया
पाेखरा । आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले आआफ्नो घरको मठमा आज तुलसीको दल अर्थात बीउ राख्दै छन् ।
हरेक वर्ष ज्येष्ठशुक्ल एकादशीका दिन घर-घरमा तुलसीको दल राख्ने गरिन्छ ।
यस दिन रोपेको बीउ एक महिनापछि आषाढशुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।
आषाढशुक्ल एकादशीदेखि कात्तिकशुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ ।
यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारसमेतमा प्रयोग गरिन्छ ।
तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानसमेतले प्रमाणित गरेको छ ।
यस अवसरमा देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।
Copyright © 2024 | All rights reserved.