0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय मावि वडा नं. १५ स्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएको छ ।
वडा कार्यालयको आयोजनामा शुक्रबार भएको प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको रेन्बोले आठ हजार नगद पुरस्कारसहित प्रमाणपत्र हात पारेको छ ।
विद्यार्थीहरू विश्वास राना, भूमीका आले र आयुश विक प्रतियोगितामा सहभागी थिए ।
साथै द्वितीय हुँदै एसओएस हर्मन माइनरले छ हजार, विभूति शिक्षा सदन तेस्रो हुँदै चार हजार र सेन्टमेरिज विद्यालयले सान्त्वना स्थान प्राप्त गर्दै तीन हजार रुपैयाँ नगद पुरस्कार हात पारेका वडासचिव युवराज पौडेलले जानकारी दिए ।
प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी थिए । पौडेलका अनुसार वडाभित्रका १२ विद्यालयको सहभागिता रहेको थियो ।
वडाध्यक्ष तोरणबहादुर बानियाँले यस्ता प्रतियोगिताले विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्फुटन हुन मद्धत पुग्ने भएकाले वडाले यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए । वडाका विद्यालयबीच आपसी सद्भाव वृद्धि हुने अपेक्षा पनि उनले गरे ।
वडासदस्य आशिष भण्डारीका अनुसार आगामी शुक्रबार कक्षा ५ देखि ७ सम्मका विद्यार्थीबीच अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिताको तयारी गरिएको छ ।
यसैबीच वडास्तरीय प्रतियोगितामा प्रथम हुन सफल विद्यार्थीलाई रेन्बो एकेडेमिक होम्स आवासीय माविका प्राचार्य बाबुराम बरालले बधाई ज्ञापन गर्दै यसले विद्यालयको गरिमा उँचो बनाएको बताए ।
उनले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले सोही प्रकारको वातावरण सिर्जना गरिएको स्पष्ट पारे ।
Copyright © 2024 | All rights reserved.