0
प्रतिक्रिया
पोखरा । साहित्यकार धर्मराज पौडेल ‘अल्पायु’ को दोस्रो कृति मुक्तक संग्रह ‘न घाम न जून’ लोकार्पण भएको छ ।
लेखनाथ साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले उक्त कृति लोकार्पण गरेका हुन् ।
कृतिका बारेमा डा. लक्ष्मीशरण अधिकारीले चर्चा गरेका थिए । अधिकारीले पौडेलको लेखन शैली र काव्यमा रहेका गहिराइका बारेमा चर्चा गरे ।
अधिकारीले भने, ‘उनको लेखन सृजनामा एकदमै गहिरो प्रभाव परेको छ, उनका काव्यहरू नेपाली साहित्यमा एक नयाँ धाराको प्रतिनिधित्व गर्छन् ।’
प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार प्रतिभा शर्मा तिमिल्सिनाले स्रष्टा परिचय र सञ्चालन कवि अम्बिका प्रसाद भट्टराईले गरेका थिए ।
समारोहमा अग्रज साहित्यकार सूर्य खड्का बिर्खची, पत्रकार कृष्णप्रसाद बास्तोला, प्रा.डा. यामबहादुर क्षेत्री, कलाकार यादवचन्द्र भुर्तेललगायतका साहित्यिक तथा सांस्कृतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व सहभागी थिए ।
स्रष्टा पौडेल गीतञ्जली साहित्य परिवार, हनिफ मियाँ वाङमय प्रतिष्ठानलगायत विभिन्न संघसंस्थामा आवद्ध छन् । पोखरा महानगरपालिका वडा नं १३ निवासी पौडेलले २०६९ मा ‘अखण्ड दीप’ प्रकाशित गरेका छन् ।
Copyright © 2024 | All rights reserved.