0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा ‘हिलप्वाइन्ट फन फिस्ट २०८२’ सम्पन्न भएको छ ।
कार्यक्रममा हास्य कलाकार एवं उत्प्रेरक वक्ता सन्दिप क्षेत्री र एकल कलाकार सम्राग कार्कीले आआफ्ना प्रस्तुति राखेका थिए ।
कार्यक्रममा क्षेत्रीले शिक्षण सिकाई र लक्ष्य निर्धारणबारे चर्चा गरेर विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा जगाएका थिए भने कलाकार सम्राग कार्कीको श्लो प्रस्तुतिमा सहभागी निकै रमाएका थिए ।
उक्त अवसरमा आवाज व्याण्ड, कक्षा १० का विद्यार्थीको संकेत व्याण्डको प्रस्तुति निकै रोचक थियो भने कक्षा ११ का विनायक गुरुङ, रोशन विक, कक्षा १२ का मिसन जोशी, कक्षा ९, १० र ११ छात्राहरुकले गीत प्रस्तुत गर्दा सहभागी निकै रमाए ।
कार्यक्रममा विद्यालयमै फाइन आर्टमा अध्ययनरत विद्यार्थीको चित्रकला प्रदर्शन निकै रोचक थियो । कार्यक्रममा सहभागीले विद्यार्थीका चित्रकलालाई निकै चासो दिएर हेरेका थिए भने विद्यालयका सहायक प्राचार्य गंगाराम पौडेलको एसइई दिएर बसेका विद्यार्थीलाई करियर काउन्सिलिङमा विद्यार्थीले निकै ध्यानपूर्वक हेरेका थिए ।
विद्यालय संयोजक कमल घिमिरेले स्वागत, विद्यालयका सुपर भाइजर दिव्या लामिछानेले कार्यक्रमको संयोजन, माविका शिक्षक रामकुमार थापा, भावना लामिछाने, सुवास सुवेदीलगायतले सहजीकरण तथा विद्यार्थीद्वय रिस्ता गुरुङ र अनुष्का गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
उक्त अवसरमा फुड फेष्टिभलसमेत आयोजना गरिएको थियो ।
२०३८ सालमा स्थापित विद्यालयमा हाल नौ सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टको पढाई हुँदै आएको छ ।
Copyright © 2024 | All rights reserved.