0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । गत शुक्रबारको तुलनामा आज सुनको भाउ प्रतितोला तीन हजार रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको भाउ प्रतितोला एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज असली चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ ।
शुक्रबार दुई हजार एक सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज शुक्रबार दुई हजार एक सय ४५ रुपैयाँ कामय भएको छ ।
Copyright © 2024 | All rights reserved.