जेठ ३०, २०८२, बिहीबार

पाेखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजदेखि


Advertisement Image
clock icon 2 days, 12 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेसनल स्पोट्र्स एकेडेमीले पोखरामा आयोजना गरेको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ आजदेखि शुरू हुँदैछ ।

अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।

प्रतियोगिता पोखरा रंगशालस्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ । प्रतियोगितामा राष्ट्रिय स्तरका छ प्रमुख महिला टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यू डायमन्ड युथ स्पोट्र्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने अध्यक्ष कोइरालाले बताए ।

नेपाल आर्मी क्लबले अन्तिम अवस्थामा सहभागी नहुने जानकारी गराएपछि नयाँ टोली स्टेप रामपुरले अवसर पाएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन खेलमा गण्डकी प्रदेश, न्यू डायमन्ड युथ स्पोट्र्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ ।

प्रतियोगिता विजेताले छ लाख, उपविजेताले तीन लाख र तेस्रो हुने टिमले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार प्रदान गरिनेछ ।

सहभागी टिमले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था छ ।

उनले उद्घाटनको कार्यक्रममा सहभागी हुने सर्वसाधारणका लागि नि:शुल्क प्रवेशको व्यवस्था मिलाएको बताए । उद्घाटन बाहेकका लिग चरणका खेल हेर्न दुइ सय र फाइनल खेल हेर्न चार सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।

Copyright © 2024 | All rights reserved.