असार ०१, २०८२, आइतबार

अल्फा बोर्डिङ स्कुलमा बास्केटबल प्रतियोगिता सम्पन्न


Advertisement Image
clock icon 13 hours, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थी परिषद र जुनियर रेडक्रस सर्कलले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको विद्यालयका सहायक प्राचार्य कृष्ण लम्सालले जानकारी दिए ।

प्रतियोगिताले विद्यार्थीले नेतृत्व सिपको विकास, सामुदायिक संवाद एवं कार्य व्यवस्थापनको विकास गर्ने अवसर प्राप्त गरेका सहायक प्राचार्य लम्सालको विश्वास छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व एवं व्यावहारिक ज्ञानको विकास हुने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा शिक्षक र विद्यार्थीबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । जसमा शिक्षकको समूह विजयी भएको थियो ।

कक्षा ७ का विद्यार्थीले नृत्य, सञ्चिता परियार एवं सुनेस गुरुङले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको समापन समारोमा गण्डकी आवासीय बोर्डिङ स्कुलका पूर्व प्राचार्य जोन बाक्लेसमेत सहभागी थिए ।

विजयी समूहलाई मेडल तथा ट्रफीद्वारा सम्मान गरिएको थियो ।

विद्यार्थी परिषदका अध्यक्ष समर पूर्जाको अध्यक्षतामा भएको कार्यक्रममा परिषद् सचिव शेरण पुनले स्वागत, कक्षा ८ का प्रकृति अधिकारी र सेलेष्टी गुरुङले सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.