असार ०२, २०८२, सोमबार

गण्डकीले ल्यायो ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट


Advertisement Image
clock icon 10 hours, 36 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कुल विनियोजनको ३९.५ प्रतिशत, पूँजिगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार अर्थात कुल विनियोजनको ५९.७ प्रतिशत छ ।

वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कुल विनियोजनको ०.८ प्रतिशत रकम विनियोजित भएको छ । आगामी वर्ष रु. १ करोड ५४ लाख ५२ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान अर्थमन्त्री डा. टकराज गुरुङले पेश गरेको बजेटले गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ मा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ ३ अर्ब ३५ करोड ६४ लाख प्राप्त हुने अनुमान सरकारको छ ।

समपूरक अनुदानतर्फ ६३ करोड ९७ लाख र विशेष अनुदानतर्फ ४९ करोड ८६ लाख प्राप्त हुने अनुमान गरिएको बजेट अर्थमन्त्री गुरुङले पेश गरेका छन् ।

 

Copyright © 2024 | All rights reserved.