असार ०३, २०८२, मंगलबार

न्यू ग्यालेक्सी एसइई बास्केटवल उपाधि बेनपा र राइजिङ बलर्सलाई


Advertisement Image
clock icon 6 hours, 22 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले आयोजना गरेको सातौँ एसइई बास्केटवल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको उपाधि छात्रतर्फ म्याग्दीको बेनी नगरपालिका (बेनपा) र छात्रातर्फ राइजिङ बलर्सले जितेको छ । प्रतियोगिताको फाइनलमा बेनपाले टीजी बदर्श र राइजिङले अमेची टिमलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

बेनपाले २० हजार र राइजिङले १० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको संयोजक क्या. वीरबहादुर गुरुङले जानकारी दिए ।

यस्तै, उपविजेता बनेको टीजी ब्रदर्शले १० हजार र अमेची टिमले छ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्रतर्फ १० र छात्रातर्फ सात टिमको सहभागिता रहेको थियो । जसमा काठमाडौंबाट एक छात्रासहित तीन, बुटवलबाट एक तथा अन्य टिम कास्की, तनहुँ, पर्वत, म्याग्दी र बागलुङबाट सहभागी भएको थियो ।

विजेता टोली तथा खेलाडीलाई नेपाल ओलम्पिक संघका अध्यक्ष खड्गबहादुर रानाभाट, विद्यालयका प्राचार्य डा. रामजी शर्मा, निर्देशक राजु कायस्थ, सहायक प्राचार्य राजेश भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

टिममा एसइई परीक्षा दिएर बसेका विद्यार्थीमात्र थिए भने सबै खेल अन्तर्राष्ट्रिय बास्केटबल महासङ्घको नियम अनुसार लिगकम नकआउटका आधारमा खेलाइएको थियो ।

विद्यार्थीमा आपसी समझ्दारी, नेतृत्व क्षमता र समूहमा कार्य गर्ने सीप विकास गर्ने, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने, विद्यार्थीमा आत्मविश्वास, सहनशीलता र सकारात्मक प्रतिस्पर्धाको भावना जगाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्राचार्य शर्माले जानकारी दिए ।

प्रतियोगिताले खेलकुदमा रुचि र क्षमता भएका विद्यार्थीलाई पहिचान गरी भविष्यमा थप अवसर प्रदान गर्न सहयोग पु¥याएको सहायक प्राचार्य भण्डारीको विश्वास छ ।

Copyright © 2024 | All rights reserved.