असार ०३, २०८२, मंगलबार

स्याङ्जा गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेटको फाइनलमा


Advertisement Image
clock icon 5 hours, 58 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । स्याङ्जा गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आज भएको खेलमा तनहुँलाई २९ रनले हराउँदै स्याङ्जा फाइनल प्रवेश गरेको हो ।

स्याङ्जालाई फाइनले पुर्याउन कप्तान सन्दीप क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे । शतक बनाउनबाट एक रनले चुकेका सन्दिपले ६६ बलमा छ चौका र आठ छक्कासहित ९९ रनको योगदान दिए ।

स्याङ्जाले दिएको एक सय ८८ रनको चुनौती पूर्ण योगफल प्रस्तुत गरेको थियो । जसमा तनहुँ एक सय ५९ रनमै समेटिंदा स्याङ्जा २९ रनले विजयी भएको हो ।

यता, आजै भएको अर्को खेलमा बागलुङले म्याग्दीलाई आठ विकेटले पराजित गरेको छ ।

समूह एको लिग चरणको अन्तिम खेलमा बाग्लुङ तीन खेलमा दुईमा हार र एकमा जित गरी दुई अंकका साथ समूहमा तेस्रो स्थानमा रहँदा म्याग्दी अंक विहीन बन्न पुग्यो ।

मंगलबारबाट समूह ‘बी’ अन्तर्गतका खेल सञ्चालन हुनेछन् । जसमा पहिलो खेल कास्की र पर्वत तथा दोस्रो खेल नवलपुर र गोरखाका बीच हुनेछ । समूह बीको विजेताले उपाधिका लागि स्याङ्जासँग प्रतिस्पर्धा गर्नेछ ।

Copyright © 2024 | All rights reserved.