असार ०३, २०८२, मंगलबार

नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित


Advertisement Image
clock icon 9 hours, 20 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० आई शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

निर्धारित २० ओभरको खेल र त्यसपछि दुई सुपर ओभर पनि टाइ भएको थियो । तेस्रो सुपर ओभरमा भने नेपाल पराजित बन्न पुगेको हो ।

तेस्रो सुपर ओभरमा नेपालले रन नै जोड्न नसक्दा पराजित हुन पुग्यो । पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए ।

रुपेश सिंह र त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । एक रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले पहिलो बलमै छक्का प्रहार गरेर जित्न सफल भयो ।

त्यसअघि पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन नै बनाएको थियो ।

दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन नै जोडेपछि खेल तेस्रोपटक सुपर ओभरमा गएको थियो ।

२० ओभरको खेलमा नेदरल्याण्ड्स पाएको एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा आठ विकेट गुमाएर एक सय ५२ रन बनाएपछि स्कोर बराबर भएर खेल सुपर ओभरमा गएको थियो ।

Copyright © 2024 | All rights reserved.