असार ०४, २०८२, बुधबार

नेपालले स्कटल्याण्डलाई हरायो


Advertisement Image
clock icon 19 hours, 20 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डमाथि दुई विकेटको जित हासिल गरेको छ ।

स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९दशमलव५ बलमा आठ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए ।

यस्तै दिपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए । अन्यबाट दोहोरो अंकमा रन बन्न सकेन । लोकेश बमले नौ, रोहित पौडेलले सात तथा अनिल साह, रुपेश सिंह र करण केसीले समान तीन रन बनाए ।

दुई बलमा एक रन आवश्यक हुँदा करण केसीलाई साथ दिन क्रिजमा आएका सन्दीप लामिछानेले हल्का ब्याटले खेलेर एक रन पूरा गरेसँगै नेपाल विजयी भयो । स्कटल्याण्डले स्ट्राइकर्स एन्डमा रनआउटको प्रयास गरे पनि करणले रन पूरा गरिसकेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९दशलव४ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए । करण केसी र दिपेन्द्रसिंह ऐरीले दुई-दुई तथा ललित राजवंशीले एक विकेट लिए ।

नेपाल यसअघि पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा गएर पराजित भएको थियो । नेपालले अब नेदरल्याण्ड्ससँग बिहीबार खेल्नेछ ।

Copyright © 2024 | All rights reserved.