0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविले एपेक्स कास्कीले आयोजनामा गरेको शब्दखेल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ ।
एपेक्सअन्तर्गत रहेर प्रतियोगितामा सहभागी अन्य १२ विद्यालयलाई पछि पार्दै रेन्बोले प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगितामा सबलाइम मावि द्वितीय, करुणानिधि मावि तृतीय र वेष्ट प्वाइन्ट बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको छ ।
विद्यार्थीलाई शब्द भण्डारको ज्ञान वृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा शब्दखेल प्रतियोगिताको सञ्चालन एवं सहजीकरण नेपाली भाषा शिक्षक परिषद्का शिवहरि सुवेदी र हरिप्रसाद ढुङ्गानाले गरेका थिए ।
रेन्वो एकेडेमिक होम्सका प्राचार्यसमेत रहेका एपेक्स कास्की अध्यक्ष बाबुराम बरालले विद्यार्थी र शिक्षक दुबैलाई मध्यनजर गर्दै अतिरिक्त कार्यक्रमसँगै विभिन्न तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।
कार्यक्रम संयोजक गोबिन्द गौतमले विद्यार्थीलाई पढाइसँगै अतिरिक्त ज्ञानमा अब्बल बनाउने उद्देश्यका साथ सबै विषयसँग सम्बन्धित रहेर यस्ता कार्यक्रम गरिदै आएको बताए ।
प्रतियोगितामा आधारभूत तहको कक्षा ५ सम्मका विद्यार्थी सहभागी थिए । रेन्बोका तर्फबाट रायन ढकाल, माइलीन थापा, सौरभ गुरुङ र दिप्सन गौतम प्रतियोगितामा सहभागी थिए ।
Copyright © 2024 | All rights reserved.