0
प्रतिक्रिया
पोखरा । कन्या क्याम्पस पोखराको आयोजना एवं पोखरा मन्टेश्वरी ट्रेनिङ सेन्टरको प्राविधिक तथा सांग्रिला बैंकको आर्थिक सहयोगमा तीन महिने मन्टेश्वरी शैक्षिक तालिम शुरु भएको छ ।
कन्या क्याम्पस पोखरामा स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि लक्षित गरी तालिम आयोजना गरिएको हो । तालिममा २८ जना विद्यार्थी सहभागी छन् ।
कार्यक्रम उद्घाटन गर्दै सांग्रीला बैंकका प्रदेश प्रमुख रेवन्त श्रेष्ठले बैंककले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो महत्वपूर्ण सहयोग प्रदान गरेको बताउँदै आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । तालिमले दक्ष जनशक्ति तयार गर्ने महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शिवलाल मल्लले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न तालिम आयोजना गरिएको बताए ।
प्रमुख प्रशिक्षक कल्पना थापाले क्याम्पस आफ्ना विद्यार्थीप्रति पढाईमा मात्र सीमित नरही यस्ता तालिममार्फत देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएकोमा खुशी लागेको बताइन् । उनले प्रशिक्षार्थीलाई दक्ष बनाई स्वरोजगारसहित सबैलाई स्वउद्यमी बनाउने प्रतिवद्धता जनाइन् ।
क्याम्पस प्रमुख शुरेस कुमार मानन्धरले तालिम गर्नुको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा प्राध्यापक संघका सभापति दीनानाथ अधिकारी, अभिभावक समितिका अध्यक्ष शिवराज पराजुलीलगायतले बोलेका थिए भने सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रम कन्या क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको थियो ।
Copyright © 2024 | All rights reserved.