असार ०८, २०८२, आइतबार

आज बढ्यो सुन-चाँदीको भाउ


Advertisement Image
clock icon 6 hours, 38 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडाैँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

महासंघका अनुसार गत शुक्रबार सुनको भाउ प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ रहेको थियो ।

शुक्रबारको तुलनामा आज असली चाँदीको भाउ तोलामा १० रुपैयाँ वृद्धि भएको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2024 | All rights reserved.