0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले आयोजना गरेको ‘चौथो ग्राण्ड अनलाइन क्वीज कम्पिटिसन’ मा विधान पराजुली प्रथम भएका छन् ।
विजेता पराजुलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस्तै निश्चल गुरुङ दोस्रो हुँदै आठ हजार र सुमी पौडेल तेस्रो हुँदै पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा एसइई दिएर बसेका एक हजार दुई सय ९६ विद्यार्थी सहभागी विद्यार्थी सहभागी भएकामा ८७ विद्यार्थीले सही उत्तर दिएका थिए । सही उत्तर दिने ८७ जनामध्येबाट गोलाप्रथा गरी प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी छनोट गरिएको हो ।
विद्यालयले आइतबार औपचारिक कार्यक्रम गरी गोलाप्रथामार्फत विजेता घोषणा गरेको हो । विजेता घोषणाका लागि एनप्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञान खड्का, एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीलगायतले गोला तानेका थिए ।
कार्यक्रम उद्घाटन गर्दै खड्काले न्यू ग्यालेक्सी प्रत्येक गतिविधिमा उत्कृष्ट विद्यालय भएको भन्दै प्रशंसा गरे ।
विद्यालयका प्राचार्य डा. रामजी शर्माले एसइई दिएर बसेका विद्यार्थीलाई सिर्जनशील कार्यमा लगाउने गरी क्वीक कम्पिटिसन आयोजना गरिएको जानकारी दिए । उनले न्यू ग्यालेक्सीले यस्ता थुप्रै ‘कर्पोरेट सोसियल रिस्पोन्सिब्लिटी’ कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रम विद्यालयका निर्देशक राजु कायस्थको अध्यक्षतामा भएको थियो ।
२०५१ सालमा स्थापित विद्यालयमा हाल एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ मा मात्रै पाँच सय बढी विद्यार्थी छन् ।
विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र पर्यटनको पढाई हुँदै आइरहेको छ ।
Copyright © 2024 | All rights reserved.