असार १०, २०८२, मंगलबार

गण्डकी प्रदेश स्तरीय कबड्डी प्रतियोगिता सुरु


Advertisement Image
clock icon 5 hours, 54 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । तनहुँको दमौलीमा सोमबारदेखि गण्डकी प्रदेश स्तरीय कबड्डी प्रतियोगिता शुरु भएको छ ।

गण्डकी प्रदेश कबड्डी सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद्को सहयोग र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता शुरु भएको हो ।

तीन दिन चल्ने प्रतियोगितामा गण्डकीका तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको सहभागिता छ ।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष अनिल पण्डितका अनुसार उद्घाटन खेल व्यास नगरपालिका वडा नं ३ बास्केटबल कोर्टमा खेलाइएको थियो भने मंगलबार र बुधबारका खेल व्यास नगरपालिका वडा नं १ फुटसल मैदानमा हुनेछन् ।

प्रतियोगिताअन्तर्गत पहिलो दिन सोमबार पाँच खेल सम्पन्न भएका छन् ।

तनहुँ र स्याङ्जाबीच भएको खेलमा तनहुँ, नवलपुर र म्याग्दीबीच भएको खेलमा नवलपुर, कास्की र गोरखाबीच भएको खेलमा कास्की, बागलुङ र पर्वतबीच भएको खेलमा बागलुङ तथा तनहुँ र नवलपुरबीच भएको खेलमा नवलपुर विजयी भएको अध्यक्ष पण्डितले जानकारी दिए ।

गण्डकी प्रदेश कबड्डी सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको खेलमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैलगायतले बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.