असार १०, २०८२, मंगलबार

जापानबिरूद्द नेपालकाे जित


Advertisement Image
clock icon 6 hours, 24 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले शानदार जित हासिल गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले जापानलाई नाै विकेटले पराजित गरेको हो ।

जापानले दिएको ८१ रनको लक्ष्य पछाएको नेपालले १४दशमलव२ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि प्रसिद्ध जैसीले अविजित ३३ र शिवांश बजगाईंले अविजित ३८ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जापानले ३४दशमलव३ ओभरमा अल आउट हुँदै ८० रन बनाएको थियो ।

जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्बाधिक ३६ रन बनाए भने ग्याबी हाराहिन्जेले १३ रन बनाएका थिए । यस बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसैगरी नेपाली बलर शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुइ तथा सुशीलबहादुर रावल र कप्तान विपिन शर्माले एक-एक विकेट लिएका थिए ।

यो जितपछि नेपालले लगातार दोस्रो जित हासिल गरेको छ भने जापानको दोस्रो खेलमा पहिलो हार हो ।  

यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

प्रतियोगिताअन्तर्गत अब नेपालले जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका छ ।

Copyright © 2024 | All rights reserved.