असार ११, २०८२, बुधबार

राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि बुल्समेन क्लबको सहयोग


Advertisement Image
clock icon 12 hours, 9 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । शारीरिक सुगठन खेलमा नेपालकै चर्चित क्लब बुल्समेन क्लबले पहिलो पटक पोखरामा हुन लागेको गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि सहयोग गरेको छ ।

क्लबका संस्थापक एवं समाजसेवी ईश्वर गुरूङले कलबको तर्फबाट सो नगद प्रदान गरेका हुन् । क्लब अध्यक्ष नुना गुरूङ, क्लबका वरिष्ठ सल्लाहकार सनप्रसाद गुरूङ, सचिव उदिम गुरूङले गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकलाई नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरे ।

क्लबका संस्थापक ईश्वर गुरूङले यसअघि बुल्समेन क्लबको अक्षयकोष स्थापनार्थ नगद एक लाख रुपैयाँ प्रदान गरेका थिए ।

अध्यक्ष पाठकले क्लब संस्थापक ईश्वर गुरूङ, क्लब अध्यक्ष नुना गुरूङ, सचिव उदिम गुरूङ, वरिष्ठ सल्लाहकार सनप्रसाद गुरूङलगायत बुल्समेत परिवारप्रति आभार प्रकट गर्दै सो सहयोग गण्डकीको युवा खेलाडी उत्पादनका लागि महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा गण्डकी ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, कार्यसमिति सदस्य विष्णुमाया गुरूङ, कास्की ह्याण्डबलका अध्यक्ष चित्रबहादुर थापालगायत सहभागी थिए ।

क्लबले सो रकम प्रदान गरेसँगै यही असार १२ देखि १४ गतेसम्म पोखरा रंगशाला सञ्चालन हुने प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको बुल्समेन क्लब सहप्रायोजकको रुपमा रहने संघले जनाएको छ ।

प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा हुनेछ । महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता करिब चार वर्षपछि हुन लागेको हो । प्रतियोगितामा दुई विभागीय टोलीसहित छ प्रदेश गरी आठ टिम सहभागी हुनेछन् ।

२०६९ सालमा पोखरामा गठन भएको बुल्समेन क्लबले हरेक दुई वर्षमा शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

चौथो संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको क्लबले अब चाँडै नै पाँचौ सस्करणको प्रतियोगिता गर्ने तयारीमा रहेको छ ।

Copyright © 2024 | All rights reserved.