असार ११, २०८२, बुधबार

विश्व पर्यटक सम्पदा चित्रकला प्रतियोगिता सम्पन्न


Advertisement Image
clock icon 11 hours, 46 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मानवता अभियानको आयोजनामा विद्यालय स्तरीय विश्व पर्यटक सम्पदा चित्रकला प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका ५४ विद्यालयका प्रतिनिधि सहभागी थिए ।

जसमा नेक्सस इन्टरनेशनल एकाडेमीका श्रीयान्सी न्यौपाने र युनिशा खड्का प्रथम, अरुणिमा सेकेन्डरी स्कुलका श्रीकन्या चाम्लिङ र आरोही खरेल दोस्रो र कौशल इङ्लिस सेकेन्डरी स्कुलका रोशन तामाङ र सुजल कडरिया तेस्रो भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि भरत जंगमले विद्यालयको स्तरमै यस्ता सिर्जनात्मक कार्यक्रम हुनु सह्रानीय कुरा भएकोले विद्यार्थीको सोच, कला र दृष्टिकोण विस्तार गर्न मद्दत पुग्ने बताए ।

प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेनसिंह ठकुरीले खुला निर्णय अर्थात ओपन जजमेन्टमार्फत निस्पक्ष मूल्यांकन गर्दै चित्रमा विचार, सन्देश र सिर्जनशीलतालाई मुख्य मापदण्ड रहेको बताए ।

मानवता अभियानका अध्यक्ष द्वारिका निरौलाले सिर्जनात्मकता भनेको विद्यार्थीको आत्मा भएको र त्यसलाई उजागर गर्ने प्रयास गरेको बताए ।

कार्यक्रममा योगिनी सरितानन्दी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख प्राज्ञ सन्जय बान्तवा राई, प्याब्सनका केन्द्रीय महासचिव आर.बि. कटुवाल र एनप्याब्सन अध्यक्ष अमृतकुमार खड्कालगायतले विद्यार्थीको कलात्मक आत्मविश्वास, रङ संयोजन क्षमता र सामाजिक सन्देश समेट्ने शैलीको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय कमिटी एनप्याब्सन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नगेन आर्ट एकेडेमीको सहकार्य रहेको थियो ।

Copyright © 2024 | All rights reserved.