भदौ ०४, २०८२, बुधबार

माछापुच्छ्रे गाउँपालिकाकाे बजेट ६७ करोड ९९ लाख


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ करोड ९९ लाख ५१ हजार रूपैयाँकाे बजेट गाउँसभाका प्रस्तुत गरेको छ ।

माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षका लागि ६७ करोड ९९ लाख ५१ हजार रूपैयाँकाे बजेट प्रस्तुत गरेकी हुन् । जसअन्तर्गत संघीय सरकार वित्तीय समानीकरण अनुदान ११ करोड २४ लाख, संघीय सरकार सर्शत अनुदान २७ करोड ९४ लाख, संघ समपूरक अनुदानतर्फ ८१ लाख, संघीय सरकार राजश्व वाँडफाँट १२ करोड १९ लाख, संघ रोयल्टी बाँटफाँटबाट ४३ लाख रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदान एक करोड २६ लाख ५९ हजार, प्रदेश सरकार विशेष अनुदान ४० लाख र प्रदेश सरकार समपूरक अनुदान ६० लाख, प्रदेश सरकार सशर्त अनुदान दुइ लाख, प्रदेश राजश्व वाडँफाँडतर्फ एक करोड १२ लाख ४४ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजश्व अनुमान दुइ करोड ९५ लाख चालु वर्षको बैंक मौज्दात पाँच करोड ६४ लाख ३३ हजार अनुमान गरिएको छ ।

यता विषयगत क्षेत्रगतको पूर्वाधार विकासतर्फ ११ करोड ५० लाख ५० हजार, सामाजिक विकासतर्फ चार करोड ९४ लाख ३३ हजार, आर्थिक विकासतर्फ दुइ करोड ४४ लाख आठ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ९५ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ एक करोड ६४ लाख ५० हजार, गाउँपालिका कार्यालय तथा मातहत कार्यालय संचालन तथा व्यवस्थापनमा १० करोड ८० लाख १० हजार र अन्य फिर्ता गर्नुपर्ने रकम दुइ करोड ३५ लाख र वडागत बजेटतर्फ पाँच करोड ४० लाख र सशर्त अनुदानमा २७ करोड ९६ लाख ५१ हजार रूपैयाँ छुट्टाइएको छ ।

‘पर्यटन, कृषि, उर्जा र पूर्वाधारः समुन्नत माछापुच्छ्रे निमार्ण मूल आधार’ भन्ने मूल नारालाई साकार पार्ने योजनाका साथ आगामि आर्थिक वर्षको वजेट तय भएको उपाध्यक्ष अधिकारीले जानकारी दिइन् ।

यसैगरी माछापुच्छ्रे गाउँपालिकाको १७औं गाउँसभाले अबको आर्थिक बर्षदेखि लागू हुने गरी नागरिकता सिफारिस शुल्क नलाग्ने निर्णय गरेको अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । गाउँसभाको सहजीकरण पालिकाका प्रमुख प्रशाशकीय अधिकृत केशव सुवेदीले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.