0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज बुधबार सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज छापावाला सुनको बजार भाउ प्रतितोला एक लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुनको भाउ मंगलबार प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
सोमबारको तुलनामा मंगलबार पनि सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँ घटेको थियो । सोमबार सुनको भाउ प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९२ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, आज असली चाँदीको पनि भाउ पनि तोलामा २० रुपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भएका थियो ।
आज पोखरा बजारमा चाँदी दुई हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.