0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीका सहायक प्राचार्य गोविन्द चापागाईंलाई मातृशोक परेको छ ।
उनकी ममतामयी माता लीलावती चापागाईंको ८७ वर्षको उमेरमा गत सोमबार बिहान पोखरा महानगरपालिका वडा नं १४ चाउथेमा निधन भएको हो । उनी केही समयदेखि मुटु र मृगौलाको समस्याबाट पीडित थिइन् ।
लीलावतीका पति त्रिलोचन चापागाईंको करिब ३२ वर्ष अघि नै निधन भइसकेको छ । उनका पाँच छोराहरु गिरधारी, पदम, लालु, गंगाधर, गोविन्द चापागाईं छन् । यस्तै तीन छोरी तुलसी, लीला र बेलकुमारी छन् ।
यसैबीच सहायक प्राचार्य चापागाईंकी ममतामयी माताको निधनप्रति पोखरा युनाइटेड एकेडेमीले गहिरो दुःख व्यक्त गरेको छ ।
विद्यालयका प्राचार्य बयानबहादुर गोदारले एक शोक विज्ञप्तिमार्फत लीलावतीको निधनले आफू र विद्यालय परिवार अत्यन्तै मर्माहत एवं स्तव्ध भएको उल्लेख गरे ।
लीलावतीको ब्रम्हलीन आत्माको वैकुण्ठवासको कामना गर्दै प्राचार्य गोदारले शोकसन्तप्त परिवारजनमा समवेदना गरेका छन् ।
Copyright © 2024 | All rights reserved.