असार १३, २०८२, शुक्रबार

परराष्ट्रमन्त्री डा. राणा आज इटलीको रोम जादै


Advertisement Image
clock icon 6 hours, 6 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् ।

शनिबारदेखि जुलाई ४ सम्म हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा सहभागी हुन मन्त्री डा.राणा आज त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्री डा. राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओमा नेपालका स्थायी प्रतिनितिनिधि भरतकुमार रेग्मी, परराष्ट्र मन्त्रालय र कृषि मन्त्रालयका अधिकारीहरू रहेका छन् ।

सम्मेलनपछि, परराष्ट्रमन्त्री डा. राणाले इटालीको मिलान र जर्मनीको ह्याम्बर्ग र बर्लिनमा नेपालको लगानी बोर्डद्वारा आयोजित कार्यक्रमहरूमा भाग लिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।-एभरेष्ट न्यूज एजेन्सी,

Copyright © 2024 | All rights reserved.