0
प्रतिक्रिया
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोला २९ सयले घटेर तोलाको एक लाख ८९ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको एक लाख ९२ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.